|

जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । आइतबार मात्रै ६० कोरोना संक्रमित थपिएका छन्। 

सबैभन्दा बढी रौतहटमा २९ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै धनुषामा २१ जना र सर्लाहीमा १० जना थपिएका प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

रौतहटका २९ संक्रमित मध्ये दुर्गाभगवती क्‍वारेन्टाइनका ८ जना, मदरसा क्‍वारेन्टाइनका १० र गौर क्‍वारेन्टाइनका ११ जना छन् । धनुषा मुखियापट्टी मुसहरनिया क्‍वारेन्टाइनका ११ जना, गोपाल धर्मशाला क्‍वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ क्‍वारेन्टाइनका १ जना छन्।

यस्तै सर्लाहीका हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित सबै २० देखि ५५ वर्ष उमेर समूहका रहेका बताइएको छ। थपिएका सबै संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.