|

सिन्धुपाल्चोक : सरकारले विदेशमा रहेका नेपाली स्वदेश फर्काउन आवश्यक पहल थालेसँगै सिन्धुपाल्चोकमा क्वारेन्टाइनको सङ्ख्या थप गरिने भएको छ। 

आज (आइतबार) जिल्ला समन्वय समितिको आयोजनामा भएको छलफलले जिल्लाका सबै होटल तथा रिसोर्टलाई क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइने निर्णय भएको हो।

जिल्लाका होटल तथा रिसोर्ट सञ्चालककले सहमति दिएसँगै जिल्लामा क्वारेन्टाइनको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने छ। होटल तथा रिसोर्ट व्यवसायीले चार सय बढी होटल तथा रिसोर्टलगायत पूर्वाधारसहित सुविधा क्वारेन्टाइनका लागि प्रयोगमा दिन तयार रहेका सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठले पहिलो चरणमा अरनिको हाइवे अन्तरगत होटल हबका रुपमा परिचित सुकुटे बिच र रिभव वे का दुई रिसोर्ट क्वारेन्टाइनमा प्रयोग हुने बताए। 
‘हामी राज्यकै सहयोगी हौं’, श्रेष्ठले भने, ‘जिल्लाका होटलले चार सय बढीलाई क्वारेन्टाइन सेवा प्रवाह गर्न सक्छन्।’ 

स्वास्थ्य र सुरक्षाबाहेक सबै सेवा सञ्चालकले उपलब्ध गराउन तयार रहेको उनले जानकारी दिए। जिल्ला समन्वय समितिको अग्रसरतामा जिल्लाका होटल व्यवसायीसँग छलफल भएको हो। 

जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ भन्छन्, ‘अवस्था असामान्य आउन सक्छ, बाहिरबाट जिल्ला आउन सक्ने नागरिकको आकलन गरी क्वारेन्टाइन थप गरिएको हो।’ जिल्लामा एकै पटक ठूलो सङ्ख्यामा क्वारेन्टाइन थप गर्नु ठूलो उपलब्धि भएको उनले जिकिर गरे।
 
स्थानीय सरकारले क्वारेन्टाइन मापदण्ड पूरा गर्न निकै कठिनाइ भएका बेला होटल पूर्वाधार प्रयोगले निकै सहज लिसङ्खुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल बताउँछन्। 

होटल व्यवसायीले आफ्नो पूर्वाधार र सेवा उपलब्ध गराउने र क्वारेन्टाइन व्यवस्थापन समितिले व्यवस्थापनसहित लागत खर्च बेहोर्ने सहमति भएको बाह्रबिसे नगरपालिका प्रमुख तथा क्षेत्रीय क्वारेन्टाइन व्यवस्थापन प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए।
 
राज्यलाइ आवश्यक पर्दा आफ्नो पूर्वाधार दिन कुनै समस्या नरहेको सुनकोसी बिचका सञ्चालक अञ्जन खड्का बताउँछन्। व्यवसाय कहिले नियमित हुने निश्चित नभएकाले होटलको उचित उपयोगमा आपूmहरु तयार रहेको सुकुटे बिचका सञ्चालक महेन्द्र थापा बताउँछन्।
 
यसअघि जिल्लामा पाँच सय ३६ क्षमताको क्वारेन्टाइन सञ्चालनमा छ। जिल्लाका सबै स्थानीय तहसँगै जिससको समन्वयमा जिल्लाका तीन ठाउँमा क्षेत्रीय क्वारेन्टाइन निर्माण गरिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.