|

सिमरा : स्थानीय प्रशासनको पहलमा जिल्ला समन्वय समितिले नदीजन्य उत्खनन्मा चरम लापरवाही गर्ने ३ ओटा खोलाका ठेकदारलाई पहिलो पटक १÷१ लाख  जरिवाना गरिएको छ। 

आज  बसेको  समन्वय समिति बैठकले जितपुरसिमरा उपमहानगर अन्तर्गतका पसाहा, बालगंगा र दुधौरा खोलाका व्यवसायी तथा ठेकदारहरुलाई उत्खनन्मा चरम लापरवाही गरेको भन्दै जरिवाना गरिएको हो। 

समन्वय समितिले शनिबार नदीजन्य उत्खनन् स्थलगत अनुगमनमा कम्रमा पसाहा, बालगंगा र दुधौरा खोलामा प्रयोग भएका ४ एक्जाभेक्टर र १० ओटा टिपरको चाबी  नियन्त्रणमा लिएको थियो । 

‘जरिवानाको रकम जिल्ला समन्वय समितिमा दाखिल गरेपछि मात्रै उहाँहरुले चाबी फिर्ता पाउनुहुन्छ’, बाराका प्रजिअ रुद्रप्रसाद पण्डितले भने। 

समन्वय समितिले पसाहा खोला ठेक्का सम्झौता गर्ने ओम सप्लायर्सले सर्तअनुसार उत्खनन् नगरी पूर्वपश्चिम लोकमार्ग पक्की पुलको सिमावाट ३ सय ५० मिटर भित्रै र तोकिएको क्षेत्र भन्दा बाहिर जथाभावी उत्खनन् गरेको, बालगंगा खोलाको हकमा पाथिभरा सप्लायर्सले ४ मिटर भन्दा गहिरो हुनेगरी जंगल क्षेत्रमा उत्खनन् गरेर मापदण्ड उलघंन गरेको र दुधौरा खोलाको हकमा श्रेष्ठ विल्र्डस प्रालिले ३ ओटा एक्स्काभेक्टर प्रयोग गरी नदीको बहाव मार्ग नै अवरुद्ध पारी नदीलाई जंगलतर्फ च्यानेलाईज गरेको निर्णयमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.