|

काठमाडौं : कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै कर्णालीमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ। 

पछिल्लो तथ्यांकअनुसार दैलेखमा मात्रै ७२ जनामा संक्रमण देखिएको छ। दैलेखमा एक युवाको कोरोनाका कारण मुत्यु भएको छ।  त्यस्तै सुर्खेतमा २९ जनामा संक्रमण देखिएको छ भने सल्यानमा २५ जना संक्रमित छन्। 

त्यस्तै जुम्लामा दुई प्रहरीसहित १९ जनामा संक्रमण फैलिएको छ। कालिकोटमा १८ जना संक्रमित छन भने मुगु, एक जनामा संक्रमण देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.