जातीय छुवाछुतले हाम्रो मुखमा कालो पोत्यो, संसदीय समिति बनाऊँ

|

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रुकुम पश्‍चिमको सोतीमा घटनासहित अन्य छुवाछुत र हत्याको छानबिन गर्न सर्वदलिय संसदीय समिति बनाउन माग गरेका छन्। आज संसदको शून्य समयमा बोल्दै सांसद थापाले यस्तो अमानवीय र क्रुर घटनालाई भवितव्य हो भनि देखाउन खोजिएको पनि आरोप लगाए। 

‘छानविन गर्न अविलम्ब सर्वदलिय संसदीय छानविन समिति बनाउन जोडार माग गर्दछु,’ उनले भने, ‘यो पनि जानकारी गराउँछु। सम्मानित सदनले यो नबनाएसम्म हामी यो मागिरहने छौँ। न्यायको पक्षमा बोलिरहने छौँ। लडिरहनेछौँ।’ 

उनले रुकुमको घटनाले सबैको अनुहारमा कालो पोतिदिएको पनि बताए। 'संविधानमा स्वतन्त्रताको हक, समानताको हक, आत्मसम्मान पूर्वक बाँच्न पाउने हक, मर्यादीत जीवन बाँच्न पाउने हक, छुवाछुतविरुद्धको हक देखि दलितको हकसम्म सबै लेख्यौँ। कानुन बनायौँ भनेर गर्व गरिरहँदा रुकुम सोतीको नरसंहारले हामी सबैको अनुहारमा कालो पोतिदिएको छ’, उनले भने। 

यस्तो अमानवीय घटनालाई भवितब्य हो भनेर संसद टुलुटुलु हेरे बस्‍न नमिल्ने उनको भनाई छ। ‘यस्तो अमानवीय र क्रुर घटनालाई भवितव्य हो भनि देखाउन र सहायक कारणहरु देखाएर यो घटनाको जरामा रहेको उच्च जातिय अंककारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ’, थापाले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.