|

काठमाडौं : नेपाली कांग्रेसका सांसद अभिशेक प्रताप साहले चीनले सगरमाथामा गरिरहेको गतिविधिबारे प्रश्‍न उठाएका छन्। उनले सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सगरमाथामा चीनको गतिविधिबारे नेपाललाई थाहा हुनुपर्ने बताएका हुन्।

'मे २० मा सथरमाथाको उचाइ नाप्‍न नेपालको समन्वयमा टोली पठाएको हो की होइन?', उनले सोधे, 'जिनुहुवा कल्चर एण्ड ट्राभल्स' जुन चीनको आधिकारिक पेज हो। त्यसले के देखाउँछ भने सगरमाथामा अथवा उनीहरुको भाषामा माउन्ट चोमोलाङ्‍मा नाप्‍न सर्भे टिम पठाएको छ। त्यो सर्भे टिम नेपालसँगको समन्वयमा पठाएको हो की?'

सांसद साहले चीनले सगरमाथा आधार शिविरमा फाइभ जी नेट्‍वर्क राखेकोबारेमा पनि प्रश्‍न गरेका छन्। '२७ मे मा अफिसियल चाइना सिन्‍ह्वा न्यूजले त्यहाँ चिनियाँहरु गएर फाइभ जी टावर पनि लगाएको छ', उनले भने, 'नेपाल र चीनको संयुक्त निर्णयपछि मात्रै त्यहाँ सर्भे टिम पठाउनु पर्छ। यसरी एकपक्षीय गतिविधि हुनु राम्रो होइन।' 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.