|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले अहिलेको संकटको अवस्थामा कर्मचारीहरुको भत्ता कटाइरहँदा राष्ट्रपति, प्रधानमन्त्री लगायतका राष्ट्रका प्रमुखरुले पाउने तलब भत्ता नकाटेकोमा सरकारलाई प्रश्‍न गरेकी छन्। 

संसदमा पेश गरिएको विनियोजन विधेयकमाथि सोमबार छलफल गर्दै सांसद संग्रौलाले यस्तो प्रश्‍न गरेकी हुन। ‘कर्मचारीको भत्ता कटौती गर्ने भनिएको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहित यो मुलुकको प्रमुख व्यक्तिहरुको भत्ता कटौती गर्न पर्छकी पर्दैन?,’ उनले भनिन्, ‘प्रतिपक्ष दलले सांसद विकास पूर्वाधार कोष कोरोना कोषमा ल्याऊँभन्दा अर्थमन्त्रीले आँखा चिम्लिनु भएको छ।’    

उनले अर्थमन्त्रीलाई आफू पनि पिएचडी डक्टर भएको बताउँदै अहिलेको बजेट स्वीकार्न नसक्ने बताइन्। उनले भनिन्, ‘अर्थमन्त्री पनि पिएचडी, म पनि पिएचडी त्यो आँखाबाट हेर्दा विचार गरियोस् भन्‍ने विनियोजन विधेयक कसरी विचार गर्न सकिन्छ अर्थमन्त्रीज्यू।’ 

उनले खाडीबाट फर्कँदै गरेका नेपालीकाबारेमा सरकारले केही नसोचेको पनि जिकिर गरिन्। संग्रौलाले अहिलेको बजेट महिलामैत्री नभएको अर्को आरोप पनि लगाइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.