क्‍वारेन्टाइन व्यवस्थापनमा समेत चुनौती

|

बैतडी : बैतडीमा स्वाब संकलनका लागि प्रयोग हुने भिटिएम किट अभाव भएको छ। जसका कारण शिवनाथ गाउँपालिकाका ४ जना कोरोना संक्रमितको सम्पर्कमा आएकाको थ्रोट स्वाब अझै पनि संकलन गर्न सकिएको छैन। 

गौरीफन्टा नाका भएर ती व्यक्तिसँग बैतडीका ४ सय बढी नागरिक स्वदेश भित्रिएका थिए। संक्रमितको सम्पर्कमा आएका अहिले जिल्लाका विभिन्न स्थानीय तहका क्‍वारेन्टाइनमा बसिरहेका छन्। यही जेठ १० गते बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

गौरीफन्टा नाकाबाट स्वदेश फर्केका उनीहरुको ¥यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो। 

स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टका अनुसार भिटिएम अभावमा ती संक्रमितको सम्पर्कमा आएकाको स्वाब संकलन गर्न नसकिएको हो। यसका कारण कोरोना जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

क्‍वारेन्टाइन व्यवस्थापनमा समेत चुनौती 

जिल्लाका १० ओटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकहरुको संख्या दिनानुदिन बढ्दै गएपछि क्‍वारेन्टाइन व्यवस्थापनमा चुनौती देखिएको छ। भारतमा लकडाउन खुकुलो भएसँगै भारतमा रोजगारीका लागि गएकाहरु धमाधम स्वदेश फर्कन थालेका छन्। 

‘एक्कासि धेरै नागरिक स्वदेश फर्केपछि अहिले क्‍वारेन्टाइन व्यवस्थापनमा निकै चुनौती छ। सोचेको भन्दा बढी नागरिक स्वदेश फर्केपछि क्‍वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए। 

‘जिल्लामा आइतबारसम्म ५ हजार बढी नागरिक क्‍वारेन्टाइनमा बसेका छन्। यो संख्या दिनानुदिन बढ्दै गइरहेको छ,’ स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए। 

३ हजार ६ सय  किट आइपुगे 

बैतडीमा क्‍वारेन्टाइनमा बसेकाको दु्रत परीक्षणका लागि आरडिटी गर्न किट आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाभर क्‍वारेन्टाइनमा बसेकाको परीक्षणका लागि मात्रै ३ हजार ६ सय थान किट आइपुगेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए। 

जिल्लामा थप किटको आवश्यकता भएकाले माग गरिसकेको उनले बताए। जिल्लामा आइपुगेका किटलाई १० ओटै स्थानीय तहमा पठाउने कार्य भईरहेको उनले बताए। 

क्‍वारेन्टाइनमा १४ दिन पुगेका नागरिकहरुको आरडिटी गरेर रिपोर्ट नेगेटिभ आएमा मात्रै घर पठाइने उनले बताए। भारतका विभिन्न ठाउँबाट स्वदेश फर्कनेहरुको संख्या  बढ्दै गएकाले क्‍वारेन्टाइनमा बस्नेको संख्या पनि बढ्दै गएको छ। 

क्‍वारेन्टाइनमा बसेका सबैको आरडिटी गरिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जनाए। यस्तै प्रत्येक क्‍वारेन्टाइनमा एक÷दुई जनाको स्वाबसमेत संकलन गर्ने हिसाबले तयारी भइरहेको उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.