|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका ११ महिने बालकमा कोरोना संक्रमणको पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा बालकमा कोरोनाको पुष्टि भएको हो।

भारतको हरियाणाको गुडगाँवबाट ६ दिनअघि आमा बुवासँगै आएका बालकमा कोराना देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले बताए। 

बालक आमा बुवासँगै क्वारेन्टाइन बस्दै आएका छन्। कारोना पुष्टि भएका बालकका परिवारको ट्राभल हिस्ट्री खोज्ने कार्य सुरु गरिएको छ।बालकसँगै आमाको समेत थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि दुई दिनअघि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो। बालकको परीक्षण नतिजा पोजेटिभ आए पनि आमाको नेगेटिभ आएको छ।

नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो। क्वारेन्टाइनमा बस्दै आएका ३४ जनाको आरडिटी परीक्षणसमेत गरिएको थियो। जसमध्ये दुई जनाको परीक्षण नतिजा पोजेटिभ आए पनि पिसिआर परीक्षणमा भने नेगेटिभ आएको छ।

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.