वैवाहिक अंगिकृत र शक्तिशाली लोकपाको माग

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजापा) र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गराएका छन्।सोमबार राजापको तर्फबाट प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीको तर्फबाट सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसद सचिवालयमा विधेयक दर्ता गरेका हुन्। 

विधेयक दर्ता पछि राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले आफ्नो तर्फबाट संविधान संशोधनका प्रस्ताव लिएपनि आफुहरुले उठाउँदै आएका विषयहरु नसमेटेकाले गैरसरकारी विधेयक दर्ता गरिएको बताएका छन्। 

देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा संवैधानिक निकाय र उच्च पदस्थ व्यक्तिहरुमाथि पनि छानबिन गर्न सक्ने गर्ने गरी लोकपालको व्यवस्था गर्नुपर्ने माग आफुहरुको रहेको उनले बताए। 

संवैधानिक निकाय बाहेक विभिन्न आयोग र राजदूत नियुक्त गर्दा समानुपातिक समावेशिता हुनुपर्ने विषय पनि आफुहरुले उठाउँदै आएको उनले जानकारी दिएका छन्। 

प्रदेशको संख्या हेरफेरका लागि आयोग बनाउनुपर्ने, प्रदेशको सिमाङ्कन हेरफेर गर्दा सबै प्रदेशको सहमति अवश्यक नहुने, वैवाहिक अंगिकृत नागरिकताको विषयमा संविधानमा उल्लेख हुनुपर्ने माग आफुहरुको रहेको उनले बताए। 

आफूहरुका माग सम्बोधन नगरे नक्सा संशोधनको पक्षमा मतदान नगर्ने पनि उनले उल्लेख गरे। 'सरकारले हाम्रा कुराहरु सम्बोधन गर्न चासो नदेखाए सरकारले अघि सारेको नक्सा संशोधनको पक्षमा हामी मतदान गर्न बाध्यन हुँदैनौं', उनले भने। 

यसअघि शुक्रबार राजपाका तर्फबाट नेता महन्थ ठाकुरले संशोधन विधेयक दर्ता गर्दा सचिवालयले अध्ययन गरेर मात्रै दर्ता हुने जवाफ दिएपछि दर्ता भएको थिएन। शुक्रबार राजपाले संशोधन दर्ता गर्दा समाजवादी पार्टीको सहभागिता पनि थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.