चितवनबाट लगिएको थियो, डोजरले खनेर पुरियो

|
तस्बिर गण्डकी टेलीभिजन

काठमाडौं : पोखरामा तरकारी तथा फलफूलबाट कोरोना सर्ने भन्दै चितवनबाट ल्याएको तरकारी खाल्डो खनेर पुरिएको छ। 

गत जेठ १५ गते चितवनबाट व्यापारी ल्याएको तरकारीबाट कोरोना सर्ने भन्दै ६ ट्रक तरकारी र फलफूल पुरिएको हो। पोखरा महानगरपालिकाका वडा अध्यक्ष प्रकाश पौडेल नेतृत्वको टोलीले गोलभेडा लगायत ६ ट्रक तरकारी डोजरले खाल्डो खनेर पुरेको हो। 

बाहिरी जिल्लाबाट तरकारी ओसारपोसार गर्दा कोरोना संक्रमणको जोखिम बढी भएकोले नष्ट गरेको वडा अध्यक्ष पौडेलले पोखराको गण्डकी टेलिभिजनसँग बताएका छन्। 

पोखराको पृथ्वीचोक नजिकैको बास्टोला कम्पेक्समा रहेको तरकारी पसल सञ्चालक हरि गौतमले तरकारी चितवनबाट ल्याएका थिए। उनै गौतमले ल्याएको तरकारी नष्ट गरिएको हो। 

पोखरामा अहिले गोलभेडा प्रतिकिलो १२५ रुपैयाँमा कारोबार भइरहेको बताइएको छ। तर, पोखरा आशपासमा उत्पादन भएको तरकारीले पोखराको माग नधानlरहेको बेला जनप्रतिनिधिकै नेतृत्वमा तरकारी नष्ट गरिएको छ। पोखरा महानगरपालिकाले गत जेठ ११ गते  राखेको सर्वपक्षीय बैठकले कास्कीमा कुनै जिल्लाबाट तरकारी भित्र्याउन नपाइने निर्णय गरेको छ।   

‘लुकीछिपी तरकारी ल्याएको देखियो,’ गण्डकी टेलिभिजनसँगको कुराकानीमा वडाअध्यक्ष पौडेलले भनेका छन्, ‘बाहिरबाट आयातित तरकारी प्रयोग नगर्ने भनेका छौँ। कोरोना भाइरसको जोखिम बढ्न सक्ने भनेर पटक पटक अनुरोध पनि गरेका हौं।’  

'तरकारीबाट कोरोना सरेको प्रमाण छैन, भ्रममा नपर्नू'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.