कोरोनाबाट मृत्यु भएकाको उतै दाहसंस्कार

|

काठमाडौं : सरकारले कोरोना भाइरसको महामारीको कारण लकडाउन भएपछि विदेशमा अड्किएका नेपाली नागरिकको शव ल्याउने भएको छ। विदेशमा अड्किएका नेपाली नागरिकसँगै रोजगारीको क्रममा मृत्युवरण गरेका नेपाली कामदारको शव पनि ल्याउने तयारी गरिएको हो।

मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने र विदेशमा रहेका नेपाली कामादारको शव ल्याइने विषय समेटिएको छ।

नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने आदेश २०७७ बमोजिम जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने तयारी गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालये जनाएको छ।

नेपालमा रहेका परिवारसँग सल्लाह गरी कोरोना भाइरसको कारणले मृत्यु भएकाको शवलाई विदेशमा दाहसंस्कार गर्ने व्यवस्था गरिएको छ। अन्य कारणले मृत्यु भएकाको शव ल्याइने श्रम रोजगार  तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए। उनका अनुसार अन्य कारणले मृत्यु भएकाको परिवारले ल्याउनको लागि अनुरोध गरेमा ल्याउन सकिन्छ। शव ल्याउनको लागि छुट्टै जहाज चार्टड गरिन्छ।

साढे दुई महिनाको अवधिमा कोरोनासहित अन्य विविध कारणले खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको छन्।

'विदेशबाट शव आएमा घरसम्म पुर्‍याइदिन्छौ'

त्यसैगरी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले सरकारले विमानस्थलमा ल्याएका शव मृतकको घरसम्म पुर्‍याइने बताए।

विदेशबाट ल्याएका शवलाई घरसम्म पुर्‍याउने जिम्मा पहिले देखि गर्दै आएको उनले जानकारी दिए। विदेशबाट शव आएमा विमानस्थलबाट घरसम्म लगिदिने कार्य वैदेशिक रोजगार बोर्डबाट पहिले देखि गर्दै आएको उनको भनाइ छ।

शव वाहन, चालक र विमानस्थलबाट लैजान त्यही अनुसारको तयारी गरिसकेको छौं उनले प्रष्ट पारे। परिवारका सदस्य र आफन्त काठमाण्डौ आउन नसकेमा घरको ठेगाना दिएमा घर सम्म लगेर छोडिदिने उनले बताए।

तर, शव कसरी आउँछन्, कति आउँछन् भन्नेबारे अहिले नै भन्न नसकिने उनले थाहाखबरलाई बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.