जिल्लाभर संक्रमितको संख्या ३०७ पुग्यो

|

रौतहट : रौतहटमा आज (मंगलबार) मात्रै  ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ महिलासहित ७४ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए। 

उनका अनुसार राजपुर नगरपालिकामा २१ जना, राजदेवी नगरपालिकामा १८ जना र दुर्गाभगवती गाउँपालिकामा १४ जनामा कोरोना पुष्टि भएको हो। 

यस्तै गौर नगरपालिकामा १३, परोहवामा ४, यमुनामाई नगरपालिकामा ३, गडीमाई नगारपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ। संक्रमति सबैजसो भारतबाट आएर क्‍वारेन्टाइनमा बसिरहेकाहरु रहेको गुप्ताले जानकारी दिएका छन्। 

यससँगै रौतहटमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ३०७ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.