|

सल्यान : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ। प्रदेश अस्पताल सुर्खेत पशुपक्षी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा थप २९ जनामा कोरोना पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालय सर्खुेतले मंगलबार दिउँसो निकालेको प्रेस विज्ञप्तिमा कर्णाली प्रदेशका दुई जिल्ला सुर्खेत र  सल्यानका २० र सुदूरपश्चिम प्रदेश अछामका ९ गरी २९ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएको उल्लेख गरिएको छ। 

थप संक्रमित हुनेमा दार्मा गाउँपालिका १ का ३९ वर्षीय पुरुष, सोही गाउँपालिका २ का ३६ र ४८ वर्षीय पुरुष, वडा ३ का ३५ र ३९ वर्षीय पुरुष र वडा ४ का ३८, ४०, ४० र ५० वर्षीय पुरुष छन्। 

यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ का १७, १७, १८, २१, २३, ३०, ३२ र ५० वर्षीय पुरुष, सोही नगरपालिका ३ का १४, २७ र ३३ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ। 

यस्तै सुदुरपश्चिम प्रदेश अछाम मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, अछामकै मेल्लेख गाउँपालिका ४ का २२, २४, २७, २९, ३५ र ४० वर्षका पुरुष र २७ र ३० वर्षीया महिलामा पनि कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.