|

काठमाडौं : राजधानीको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गर्भवतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका निर्देशक प्रा.डा जागेश्‍वर गौतमले धादिङकी ३८ हप्ते गर्भवतीलाई कोरोना भएको जानकारी दिएका छन्। 

उनका अनुसार संक्रमित महिला ६ दिनअगाडि ज्वरो आएर अस्पताल भर्ना भएकी हुन्। परीक्षणका क्रममा ती महिलालाई पिसावको पनि संक्रमण भएको थियो। 

स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न खोज्दा गर्भवतीले घाँटी पनि दुख्‍न थालेको बताएकी थिइन्। त्यसपछि कोरोनाको शंकामा पिसिआर परीक्षण गरिएको थियो।

उनमा मंगलबार संक्रमण पुष्टि भयो हो। 'ज्वरो आएको बिरामी भएकाले भर्ना भएदेखि नै हामीले पूर्ण सावधानी अपनाई छुट्टै राखेर उपचार गरिरहेका थियौं', डा. गौतमले भने। 

उनको सुत्केरी हुने मिति आउन सात-आठ दिन रहेको छ। हाल उनलाई पाटन अस्पताल वा टेकु अस्पताल कहाँ पठाउनेबारे परामर्श भइरहेको डा. गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.