मुत्यु हुनेमा मुटुका सबैभन्दा धेरै बिरामी

|

काठमाडौं : मुलुकभर लकडाउन गरिएसँगै गम्भीर रोग लागेर अस्पतालमा उपचार गराउनेको संख्यामा कमी आएको छैन।

लकडाउनयता काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा विभिन्‍न रोगबाट मृत्युवरण गर्नेको संख्या १ सय ९१ पुगेको छ। मृत्युवरण गरेको मध्येमा ९५ पुरुष र ९६ महिला जना  महिला रहेको विभिन्‍न अस्पतालको तथ्यांकले देखाएको छ।

त्रिवि शिक्षण अस्पतालमा लकडाउनभर सबैभन्दा बढी बिरामीले मृत्युवरण गरेको पाइएको छ। जहाँ ७८ जना बिरामीले मृत्युवरण गरेको अस्पताल स्रोतले जनाएको छ। ४९  पुरुष र २९ जना महिलाले त्यहाँ मृत्युवरण गरेका छन्।

त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख माधव घिमिरेका अनुसार गम्भीर रोगदेखि सामान्य रोगमा बिरामीले पनि ज्यान गुमाएका छन्। मिर्गौला, मुटु र श्‍वासप्रश्‍वाससम्बन्धी रोगका बिरामीले मृत्युवरण गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लकडाउयता ३६ जनाले मृत्युवण गरेका छन्। १२ पुरुष र २४ महिलाले मृत्युवण गरेको अस्तपतालका निर्देशक विष्णु शर्माले बताए। उनका अनुसार गत वर्षको चैतमा पनि मृत्यु हुनेको संख्या १४ छ।

अवस्था गम्भीर भएपछि उपचार गर्न आउने भएकोले अधिकांश बिरामीको मृत्यु हुने गरेको निर्देशक शर्माले थाहाखबरलाई बताए। अस्पतालको तथ्यांकमा ४० वर्षमाथिका मानिसको धेरै ज्यान गएको देखिन्छ। ‘अधिकांश मृत्युवरण गर्ने बिरामीहरु किड्नीका समस्या भएका नै हुन्छन,’ उनले भने।

नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा लकडाउनयता ७ सय भन्दा बढी बिरामीहरु बेड भर्ना भएको अस्पतालका निर्देशक केदार सेन्चुरीले बताए। उनका अनुसार सबै प्रकृतिका रोगका बिरामीहरु उपचार गर्न आएको उनले जानकारी दिए। वीर अस्पतालमा बढी किडनीका बिरामीहरु उपचार गर्न आउने उनको भनाइ छ

लकाउनयता वीर अस्पतालमा उपचार गर्न आएर मृत्युवरण गर्नेको संख्या ७७ रहेको उनले जानकारी दिए। ४३ जना महिला र ३४ पुरुष रहका छन्। मृत्युवरण गर्ने बिरामीहरु यही रोगका थिए भन्‍न नसकिने उनले बताए। अधिकांश बिरामीहरु जटिल रोग लागेका र गम्भीर अवस्थाका बिरामीहरु रहेको सेन्चुरीले बताए।

बिपी प्रतिष्ठानमा हृदयघातबाट मृत्यु हुनेको संख्याको बढी

लकडाउनयता प्रदेश १ को सबैभन्दा ठूलो अस्पताल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५४ बिरामीको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटाले बताए। उनका अनुसार ३६ जना पुरुष र १८ जना महिलाको मृत्यु भएको हो।

हृदयघातबाट २७, अज्ञात रोगबाट १६ र फोक्सो सम्बन्धीको रोगबाट ७ जनाको मृत्यु भएको प्रवक्ता सापकोटाले जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.