|

काठमाडौं : काठमाडौं उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकमा उपत्यकामा लकडाउन खुकुलो बनाउने या यथास्थितिमा राख्ने भन्ने विषयमा छलफल भएको छ।

दैनिक अतिआवश्यक सामग्रीका पसलहरु दिनभर समय मिलाएर खोल्न दिनको लागि क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीकाअनुसार बिहान र बेलुका मात्र पसल खोल्ने गरेकोमा त्यसरी झन बढी भिडभाड बढेकोले दिनभर खोल्नको लागि सिफारिस गरिएको छ। लकडाउनको मोडालिटी र जनताको जीवनलाई कसरी सहज बनाउन सकिन्छ त्यस विषयमा छलफल भएको छ।

जसमध्ये विदेशबाट आएका नेपाली नागरिकलाई कसरी व्यवस्थापन गर्ने, सुविद्यायुक्त  क्वारेन्टाइन बनाउने कुरामा छलफल भएको हो। तीनवटा जिल्लाको साझा मुद्दा भएकोले यसमा तिनैवटा जिल्लाका प्रमुखहरु गम्भीर भएर लागेको हो।

कोरोना संक्रमितको संख्या बढदै गएकोले लकडाउन खुकुलो बनाउनको लागि जिल्ला प्रमुखहरुले भन्न नमिल्ने उनले बताइन्। अहिलेको लकडाउनलाई यथावत राखेर समय मिलाएर पसल खोल्न दिने कि भन्ने विषयमा गम्भीरताका साथ छलफल भएको उनले जानकारी दिइन्।

सहभागी प्रमुख जिल्ला अधिकारीले भनिन, ’तीनवटा जिल्लामा लागु हुने एउटै नियम हुन्छ। त्यस विषयमा छलफल भएको हो।  बैठकमा मुख्य कुरा लकडाउनको मोडालिटी यस्तो हुनुपर्छ भनेर सिफारिस गरेका छौ। लकडाउन खुकोलो बनाउन भनेर सिफारिस गरिएको छैन।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.