रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा जोडिएका थप ७ जना स्थानीय पक्राउ परेका छन्।
घटनाको थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
तर मृतकको परिवारबाट किटानी जाहेरी परेका २ जना अझै फरार छन्। मृतक परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जसमा १८ जना यसअघि नै पक्राउ परिसकेका छन् ।
उनीहरुलाई आजै थप १० दिनको म्याद थप गरिएको छ । अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएको थियो। तर जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको म्याद थप गरिएको श्रेस्तेदार कृतबहादुर बोहोराले जानकारी दिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।