|
फाइल तस्बिर

भद्रपुर, झापा : झापामा नेपाली सेना परिचालन गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल र मेचीनगरमा सेना परिचालन गर्ने निर्णय गरेको हो।

कचनकवलको सुकुनाडिगीमा र मेचीनगरको काँकडभिट्टा नेपाली सेनाको अस्थायी पोस्ट खडा गर्ने निर्णय भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार कचनकवलको सुनुकनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविको क्‍वारेनटाइनको व्यवस्थापन र काँकडभिट्टाबाट नाकामा दुवै देशका नागरिकलाई आवतजावतमा सहजीकरण गर्ने उद्देश्यले नेपाली सेना राख्न लागेको बताए।

कचनकवलमा प्रदेश एककै सबै भन्दा बढी १०३ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ। भने काँकडभिट्टामा दैनिक सयौँ सङ्ख्यामा नेपाली र भारतीय नागरिक आआफ्नो देश फर्किरहेका छन्।

यसअघि कलवलगुरी प्रशिक्षक केन्द्र भद्रपुर, मेची बहूमुखी क्याम्पस भद्रपुर र कञ्‍चनजंघा हेल्थ इन्स्टिच्युट एन्ड नर्सिङ कलेज बिर्तामोडको क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.