|

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा १७ कोरोना संक्रमित थप भएका छन्। यो थप भएसँगै जिल्लाका संक्रमितको सङ्ख्या ४३१ पुगेको छ।

संक्रमित हुनेहरुमा वडा नं. ३ का२ पुरुष, वडा नं. ६ का ५ पुरुष वडा नं. ७ का १ पुरुष, वडा नं. १० का ८ पुरुष र वडा नं. ११ का १ पुरुष रहेका छन्। 

ती सबै भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए। उनीहरूलाई लक्ष्मीनगरमा रहेको मदरसामा राख्‍ने तयारी गरिएको छ। कृष्णनगर नगरपालिकामा संक्रमितको सङ्ख्या ६२ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.