|

काठमाडौं : रुकुम पश्‍चिमको चौरजहारस्थित सोतीका स्थानीयको आक्रमणमा ज्यान गुमाएका ६ जना युवकको सम्झनामा बौद्ध स्तुपामा दीप प्रज्ववलन गरिएको छ।

ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जलीस्वरुप नेबिसंघले बिहीबार साँझ बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको हो। नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही पनि उपस्थित श्रद्धाञ्‍जली सभामा विद्यार्थी नेताहरु पनि सहभागी थिए।

स्‍नेहीले घटनाको संसदीय छानबिन समितिद्वारा सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्दीय सदस्य नवराज त्रिपाठीले माओवादीले सेनाप्रहरीमाथि छापामार शैलीमा गरेको आक्रमण जस्तै निहत्था युवकको रुकुममा हत्या गरिएको बताए। 

उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी सबैलाई कारवाही नगरे जातीय विभेदको घटना कहिल्यै निर्मूल नहुने उनले बताए। नेविसंघ शहिद आदर्श क्याम्पसले आयोजना गरेको कार्यक्रममा जातीय विभेदविरुद्धका विभिन्‍न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको नेविसंघ नेता मनीष सिंखडाले बाताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.