|

सुर्खेत : कोरोना भाइरसका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। 

पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। बिहीबार बिहान करिव पौने २ बजेतिर मृत्यु भएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए। 

‘शकास्पद मृत्यु भएका युवा कोरोना संक्रण पुष्टि भयो।’ आचार्यले भने, ‘आरडीटी टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको रहेछ तर पीसीआर परीक्षण गर्दा कोरोना सक्रमण देखियो।’ 

जेठ ९ गते भारतको मुम्बाईबाट गाउँ फर्किएका उनी पञ्चपुरी नगरपालिका–९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनको अवधि पुरा भएपछि बुधबार साँझ उनीसहित ६ जनालाई थप सात दिन होम क्वारेन्टाइनमा बस्नुभनी घर फर्काइएको थियो। 

क्वारेन्टाइस्थलबाट रातको करिव ११ गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो। पञ्चपुरी गाउपालिका– १ का वडाध्यक्ष धनबहादुर थापाका आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने सर्तका घर पठाइएको थियो।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। बिहीबार पाल्पाका एक जना ४५ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएकाे थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.