|

काठमाडौं : जुम्लामा क्वारेन्टाइनमा बसेका एक ६४ वर्षीय वृद्धको मृत्यु भएको छ। 

चन्दननाथ नगरपालिका वडा नम्बर ८ मा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका उनको मृत्यु भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए। उनमा दमको समस्या रहेको र हिजोमात्रै भारतबाट आएर क्वारेन्टाइनमा बसेको पाइएको महतले बताए। 

उनको स्वाब संकलनको तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक महतले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.