|

धनकुटा :  धनकुटामा कोरोना संक्रमण पुष्टि भएका ४ जना कोरोना मुक्त भएर धनकुटा आएका छन्। 

स्थायी ठेगानाका आधारमा धनकुटाका ४ जना स्वनास्थ्यकर्मी डिस्चार्ज भएर धनकुटा आएका हुन्। उनीहरुसँगै अन्य २ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार १ गरि ७ जना डिस्चार्ज भएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले बताए।  धनकुटामा संक्रमण पुष्टि भएर डिस्चार्ज हुने २ जना सुनसरीका र १ जना सप्तरीका रहेका छन्। 

धनकुटा आएका ४ जना नै धनकुटा अस्पतालका स्वास्थ्यकर्मी रहेका छन्। ७ जना कोरोनामुक्त भएसँगै धनकुटामा बुधबार संक्रमण पुष्टि भएका सहिद भुमि गाउँपालिकाका १ पुरुष मात्रै संक्रमित रहेका छन्। कोरोनामुक्त भएका धनकुटाका ४ जना बिहीबार बेलुका धनकुटा आएका हुन भने अन्य ३ जनामा २ जना सुनसरी  र १ जना सप्तरी गएका छन्।

कोरोनामुक्त भएर धनकुटा आएका ४ जनालाई बिहीबार बेलुका धनकुटामा स्वागत गरिएको छ। बिहीबार बेलुका साढे ८ बजे धनकुटा आइपुगेका उनीहरुलाई अस्पताल विकास समितीका सदस्य तथा रेडक्रस धनकुटाका सभापति हरिकुमार राई, धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्मालगायत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले स्वागत गरेका थिए। 

उनीहरुलाई २ हप्तापछि काममा फर्काइने र अहिले सेल्फ क्वारेन्टाइनमा राखिने धनकुटा अस्पतालका निमित्त मेसु डा. विश्वकर्माले जानकारी दिए। यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत धनकुटाका ७ जना सहित अन्य २० जना कोरोना मुक्त भएका छन। कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाको पीसिआर परीक्षणमा कोरोना मुक्त देखिएपछि डिस्चार्जको गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.