|

जनकपुरधाम : सिरहामा चट्याङले लागेर एक वृद्धको मृत्यु भएको छ। धनगढीमाई नगरपालिका–१० का ७४ वर्षीय नरबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो।

खेततर्फ गइरहेका राईलाई शुक्रबार बिहान ८ बजे चट्याङले लागेको स्थानीय डेनोक मोक्तानले जानकारी दिए। उनका अनुसार मृतक राई लाठी लिएर हिँड्डुल गर्थे।

घटनापछि ईलाका प्रहरी कार्यालय धनगढीबाट गएको टोलीले मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि लहान अस्पताल लगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.