|

संखुवासभा : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो संखुवासभा शाखामा चामल सकिएको एक महिना बितेको छ। खाद्यान्न संकट समाधानका लागि स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखाको डिपोमा एक महिना अघिदेखि चामल सकिएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय एक महिना यता खाद्यन्न विक्री गरेको छैन।

कोटा अनुसारको चामल आएपनि एक महिना अघिदेखि चामल सकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी राम प्रवेश मण्डलले बताए। खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चितता गर्ने उदेश्यका साथ स्थापना भएको यस लिमिटेडले अहिले लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेका छैन। विपद् र जिल्ला कारागारका लागि राखिएको २ सय क्विन्टल चामल मात्र डिपोमा उनको भनाइ छ।

खाद्य व्यवस्था तथा व्यापार डिपोमा चामल नआएकोले डिपो बन्द गरेर बस्नुपर्ने बाध्यता भएको सूचना अधिकारी राम प्रवेश मण्डलले जानकारी दिए।

दैनिक ३ हजार ५ सय केजी चामल विक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अहिले डिपो बन्द गरेर बसेको छ। जिल्लामा सुपथ मुल्यमा चामल विक्री बितरण गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको सयमा भने आफ्नो सेवा दिन सकेको छैन।

विपन्न जनता र दैनिक ज्यालादारीमा काम गर्ने श्रमीकले सुपथ मुल्यमा किनेर उपभोग गर्दै आएको चामल अभाव भएपछि उनीहरु मर्कामा परेका छन्। लकडाउनको समयमा खाद्यले चामल नदिएपछि महँगो मुल्यको चामल किन्न बाध्य भएको खाँदबारी नगरपालिका–१ की स्थानिय विष्णु राईले बताइन्।

डिपोमा आएकको चामल एक महिना अघि नै सकिएको र थप चामल नआउँदा विपन्न जनताको मागअनुसार चामल विक्रि गर्न नसकिएको सूचना अधिकारी मण्डलले स्वीकार गरे। लकडाउका कारण चामल ल्याउन नसकिएको उनी बताउँछन्। स्थानियको काम बढि भएकाले चामल माग अनुसार नआउँदा समस्या भएको हो। खाँदबारी नगरपालिकाले राहत वितरणका लागि ३ सय २० क्वयिन्टल चामल माग गरेपनि खाद्यले चामल दिन नसकेको सुचना अधिकारी मण्डलले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोना मन्सुली प्रतिकेजी ३८ रुपैयाँ २५ पैसा र जापनीज प्रति केजी चामल ४३ रुपैयाँ २० पैसा दरले विक्रि गर्दै आएको थियो। सुपथ मूल्यमा सहज रुपमा विविध खाद्य बस्तु विक्रि गर्ने उदेश्यका साथ सञ्चालनमा आएको लिमिटेडले जिल्लामा चामल मात्र विक्रि गर्ने गरेको छ।

  जिल्लाका ब्यापारीहरुले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य बस्तुमा मुल्य बढाएका छन्। लक डाउनको समयमा ब्यापारीले एक बोरा चामलमा २ सय देखि ३ सय सम्म मूल्य बढाएको स्थानिय  राइले बताए।

अहिले चामल सहितको खाद्य बस्तुहरुको मुल्य समेत बढाएकाले मारमा परेको खाँदबारी –९ का रमेश मगरले बताए। खाद्यले विक्रि गर्ने चामल व्यपारी सँग किन्दा किलोमा १० देखि १५ रुपयाँ सम्म महंगो परेको उनको भनाइ छ। लकडाउन र बर्खालागेको भन्दै व्यापारीले दैनिक उपभोग्य बस्तुको भाउ बढाए पनि अहिले सम्म बजार अनुगमन भएको छैन। लकडाउले दैनिक रोजगारी जान पनि समस्या भएको र परिश्रमीक पनि समय नपाएको वेला अझ महँगो चामल किनेर खानु परेको राईको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.