|

दाङ :  दाङमा प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरले १४ ग्राम १० मिलीग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

अमिलिया देखी तुलसीपुर तर्फ आउदै गरेको अवस्थामा तुलसीपुर १३ दमारगाउँमा शनिवार बेलुका ५ बजेतिर अस्थायी प्रहरी चेकपोष्टमा चेकजाँच गर्दा  बाँके कोहलपुर नगरपालिका ७ का २८ बर्षीय श्री बहादुर रावत र बाँके कै बैजनाथ गाउँपालिका १ चिसापानीका २४  बर्षीय  सुजन शाही रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं ईन्स्पेक्टर चक्र डमरपालले जानकारी दिए। 

रावतले चलाएको भे २ प २७४ नम्बरको मोटरसाईकको सिट मुनी र  शाहीले लुकाई राखेको अवस्थामा उक्त ब्राउनसुगर बरामद गरेको प्रहरीेले जानकारी दिएको छ। उनीहरुलाई ईप्रका तुलसीपुर ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.