|

काठमाडौं : देशभरकै विभिन्न अस्पतालमा आइसोलेसनमा उपचारत कोरोना भाइरस संक्रमण बिरामीलाई पुन परीक्षण नगरी डिस्चार्ज गर्न अस्पतालहरुलाई सरकारले निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितहरूलाई परीक्षण नगरी डिस्चार्ज गर्न देशभरका सबै (कोभिड १९) अस्पताललाई पत्राचार निर्देशन दिएको हो।

 गोप्य रूपमा मन्त्रालयले अस्पतालहरुलाई लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्जार्च गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो।

हालसम्म सबै संक्रमित बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्ने र परीक्षणमा कोरोना भाइरसको नेगेटिभ आएपछि मात्रै अस्पतालहरुले  डिस्चार्ज गर्दै आएका थिए।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले सबै कोभिड अस्पताललाई जेठ २० गते जारी भएको (‘नेशनल टेस्टिङ गाइनलाइड फर कोभिड १९’) अनुसार पोजेटिभ केसलाई लक्षण देखिन छोडेको ३ दिन र जम्मा १४ दिनको भर्नालाई आइसेलेनपछि टेस्ट नगरी डिस्चार्ज गर्न जेठ २१ गते परिपत्र गरेका छन्। जनस्वासथ्य विदहरुले भने यसरी संक्रमित हुदाँ हुदै अस्पतालबाट संक्रमितलाई डिस्चाज गर्दा झनै संक्रमण फैलने चिन्ता गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.