पछिल्लो २४ घण्टामा १०२ जना अस्पतालबाट फर्किए

|
फाइल फोटो

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा एक सय दुई जना कोरोना संक्रमित स्वस्थ भएका छन्।

पछिल्लो पटक देशभरका विभिन्‍न अस्पतालमा उपचाररत एक सय २ जना कोरोना संक्रमित उपचारपछि निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक अस्पतालबाट डिस्चार्ज हुनेहरु कैलैया अस्पतालबाट बाराका ३४ जना रहेका जानकारी दिए।

त्यसैगरी बुटवलको धागो कारखानामा रहेको आइसोलेसनबाट रुपन्देही र कपिलबस्तुका २७ जना पनि डिस्चार्ज भएका उनले बताए। यस्तै, रौतहटको गौरमा रहेको नर्सिङ इन्टिच्युडबाट १८ जना उपचारको २० औं दिनमा घर फर्केका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ जना, दाङको बेलझुण्डीबाट बाके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना र कोभिढ–१९ अस्पताल बलम्बुबाट महोत्तरीका एक जना डिस्चार्ज भएका छन्।

यससंगै नेपालमा कोरोनाको संक्रमण मुक्त हुनेहरुको संख्या ४६७ जना पुगेको छ । हालसम्म प्रदेश १ मा ९१ जना, प्रदेश २ मा १८६ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा १३ जना उपचारपछि निको भएका छन्।   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.