समाज : सुरक्षा/अपराध

सरकारी कागजपत्र किर्ते गर्ने सर्वोच्च अदालतका  कर्मचारी पक्राउ

फागुन ६, २०७६

    बारा : सरकारी कागज, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा हडप्न खोज्ने क्रममा बारा प्रहरीले सर्वोच्च अदालतका निवर्तमान सुब्बासहित सात जनालाई पक्राउ गरेको छ।

    अनुसन्धानको प्रक्रियामा रहेको बारा जितपुर सिमरा वडा नम्बर २३ को साविक कित्ता नम्बर ६१ को एक बिगहा १० कठ्ठा सार्वजनिक जग्गा काठमाण्डौ निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको अभियोगमा प्रहरीले सर्वोच्च अदालतका निवर्तमान नायब सुब्बा हस्तबहादुर नेपालीलाई पक्राउ गरेको हो।

    सोही कार्यमा संलग्न बारा महागढिमाई नगरपालिका वडा नं ८ का  वोहाव अन्सारी, बारा कलैयाका  प्रह्लाद प्रसाद रेग्मी र कैलाली जिल्ला गोदावरी नगरपालिकाका  चन्द्र बहादुर सिंहलाई समेत प्रहरीले पक्राउ गरेको हो। चारैजनाको मिलेमतामो सर्वोच्च अदालतको कागज किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रहरीको भनाइ छ।

    साथै सरकारी कागज र छाप किर्ते गरी जितपुर सिमरा वडा नम्बर २ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेका  जग्गा बेचबिखन गरेको  अर्को मुद्दामा प्रहरीले पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं १८ का बलराम रौनियार, पर्सा बहुदरमाई नगरपालिका २ बस्ने सलिम मियाँ र  सोही ठेगाना बस्ने  अर्का सुनिल कुमार यादवलाई समेत पक्राउ गरेको हो।

    पक्राउ परेका सर्वोच्चका निवर्तमान सुब्बा सहितका सातै जनालाई प्रहरीले म्याद थप गरी सरकारी कागज किर्ते मुद्दामा कार्यवाही चलाएको छ। इलाका प्रहरी कार्यालय बारा सिमराले आज (मंगलवार) पत्रकार सम्मेलन गरी सरकारी कागजपत्र किर्ते गर्ने सर्वोच्चका निर्वतमान कर्मचारी  नेपाली सहित ६ जनालाई  सार्वजनिक गरेको हो।

    पूर्व र बाहलवाला जनप्रतिनिधिकै संग्लन

    सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्न  कार्यमा बाहलवालादेखि पूर्व-जनप्रतिनिधिको संग्लनता भेटिएको छ। जीतपुरसिमरा उपमहानगर वडा नं २३ का वडाध्यक्ष अस्लम देवानले  प्रद्युम्नराज पाण्डेले किर्ते पुर्जा बनाएको जग्गा उनको नाममा श्रेस्ता कायम गर्न सिफारिस गरेका हुन्।

    तर अनुसन्धान गर्दै जाँदा  यसअघिका जनप्रतिनिधिले पनि  ठूलो आर्थिक प्रलोभनमा परेर सार्वजनिक जग्गा पाण्डेको नाममा काय गर्न सहयोग गरेको भेटिएको छ। सरकारकारी कागजपत्र किर्ते कार्यमा पक्राउ परेका प्रह्लाद रेग्मी २०४९ सालमा  कलैया नगरपालिकाका वडाध्यक्ष   थिए।

    त्यस्तैगरी पक्राउ परेका अर्का  वोहाव अन्सारी २०७२ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीको तर्फवाट महागढिमाई नगरपालिका वडा नं ८ का  वडा अध्यक्षका उम्मेद्वार हुन्।

    पाण्डेले बाराको बहुमूल्य  सार्वजनिक जग्गा आफ्नो नाममा कायम गर्न स्थानिय तहका जनप्रतितिनधि देखि राजनीतिक दलका प्रभावशाली नेता,कार्यकर्ता , मालपोत र अदालतका न्यायधिश देखि  कर्मचारीलाई करोडौ रकम खर्चेको स्वयम्  सो जग्गाको अधिकृत वारेसवाला शुरेस तिमिल्सिनाले आफ्ना निकटस्थल व्यक्तिहरुलाई भन्दै हिडेको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]