दाङ : दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। घोराही उपमहानगरपालिका-१० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीर...
पाँचथर : यस वर्ष जिल्लाका १३ गाउँ विकास समितिलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको छ। अहिलेसम्ममा नौ गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गरिसकिएको र यही महिनाभित्र अन्य चार गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको वैकल्पिक ऊर्जा विकास केन्द्र नेपालका अध्यक्ष हरिप्रकाश सुवेदीले जानकारी दिए।
गाविसका सबै घरधुरीमा धुवाँरहित सुधारिएको चुलो निर्माण गरी प्रयोगमा ल्याइएपछि घरभित्रको धुवाँमुक्त गाविस घोषणा गर्ने गरिएको छ। जिल्लाको फिदिम नगरपालिकासहित सबै गाविसलाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान सञ्चालनमा ल्याई प्रत्येक घरमा धुवाँरहित चुलो निर्माण गर्न आग्रह गर्ने तथा उक्त कार्यलाई सघाउ पुर्याउने गरिएको छ।
हरेक गाविसमा तालिमप्राप्त (प्रोमोटर) प्राविधिकको सहायतामा अभियान अघि बढिरहेको अभियान सञ्चालन गर्दै आएको वैकल्पिक ऊर्जा विकास केन्द्र नेपालका अध्यक्ष सुवेदीले बताए। गाविसलाई धुवाँमुक्त घोषणा गर्ने क्रममा नौ गाविसका सबै घरधुरीमा सुधारिएको चुलो निर्माण गरी घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको सुवेदीले जानकारी दिए।
सुवेदीले हालसम्ममा ओलने, फाक्तेप, रवी, लुम्फाबुङ, थर्पू, इम्बुङ, सिदिन र नवमीडाँडा गाविस घरभित्रको धुवाँमुक्त भइसकेको जानकारी बताए। ‘बाँकी चार गाविस एकतीन, सराङ्डाँडा, चिलिङ्दिन र ओयामलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको छ’, सुवेदीले भने, ‘केही प्राविधिक समस्याका कारण ढिलाइ हुन गएको हो।‘
जिल्ला विकास समितिको सहयोगमा घरभित्रको धुँवामुक्त जिल्ला निर्माणको अभियान सञ्चालन गरिरहेको उक्त संस्थाले चालु आवमा पाँच हजार घरधुरीलाई धुवाँमुक्त घोषणा गर्ने तयारी गरेको थियो। यस क्रममा जेठ मसान्तसम्ममा झन्डै तीन हजार ६०० घरधुरीमा सुधारिएको चुलो जडान भएको संस्थाका अध्यक्ष सुवेदीको भनाइ छ।
संस्थाले राखेको लक्ष्य भेट्टाउने गरी काम गरिरहेको उनको भनाइ थियो। ४१ हजार १७४ घरधुरी रहेको पाँचथरमा जेठ मसान्तसम्ममा १७ हजार घरधुरीमा सुधारिएको चुलो जडान भइसकेको संस्थाको तथ्याङ्क छ।
सबै गाविसमा अभियान सञ्चालन भइरहेको र घोषणाको तयारीमा रहेका गाविसमा थोरै घरधुरीमा मात्र चुलो निर्माण गर्न बाँकी रहेको सुवेदीले बताए। यस्तै, विभिन्न गाविसमा चुलो निर्माणका लागि स्थानीयवासीलाई प्रबर्द्धकको रुपमा तालिम दिने क्रमसमेत चलिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।