दैलेख : जिल्ला सदरमुकाम नारायण नगरपालिका–१ नयाँ बजारमा रहेका तीन वटा पसलमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ। ...
जनकपुरधाम : जनकपुरधामको रत्नसागर मन्दिरका निलम्बित महन्त बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले १२ वर्ष जेल सजाय सुनाएको छ। जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको हत्यामा संलग्न रहेको भन्दै अदालतले दासलाई १२ वर्षको सजाय बुधबार सुनाएको हो।
मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै यस्तो फैसला सुनाएको हो। यसअघि जिल्ला अदालतले झाको हत्यामा दासलाई सफाइ दिएको थियो।
सोही घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालतले शिवकुमार ठाकुर, सुनिलकुमार अधिकारी र राकेश पाण्डेयलाई जन्मकैदको फैसला सुनाएको थियो। उच्च अदालतले भने दासबाहेक सबैको हकमा जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ।
यसअघि दास सरकारी कागज कीर्ते र ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गरेको थियो। पछि पुनः पक्राउ पुर्जी जारी भएपछि हालसम्म उनी फरार छन्। हाल उनलाई महन्थ पदबाट गुठी संस्थानले निलम्बन गरिसकेको छ।
२०६७ कात्तिक ११ गते शाखा अधिकृत झाको हत्या भएको थियो। दासले नै भूमिगत समूह लगाएर हत्या गर्न लगाएकोमा मुद्दा परेपछि उनी पक्राउ परेका थिए। यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।