धादिङ-१(ख)/प्रदेशसभा सदस्य
दल | नेकपा माओवादी केन्द्र | |
---|---|---|
पद | प्रदेशसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ४४ | - |
प्राप्त मत | २३३८२ | |
लिङ्ग | पुरुष | |
हालको पद | पोलिटव्यूरो सदस्य, जिल्ला इञ्चार्ज धादिङ | |
शैक्षिक योग्यता: | बि.ए., बि.एल |
२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज हुन्। बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए। २०४८ बाट उनी मजदुर संगठनमा लागे। सुरुमा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षसम्म बने।
माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे। २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेर नेतृत्व गरे। त्यसक्रममा उनले राष्ट्रिय राजनीतिमा पनि आफ्नो पहिचान बनाउन सफल भए। ०६३ को पुनर्स्थापित संसदको मनोनित सदस्य बनेका जम्कट्टेलले २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरे। यद्यपि २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे। पछिल्लो डेढ वर्षयता जम्कट्टेल धादिङमै केन्द्रित छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्