इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनल...
दक्षिणी फ्रान्समा भएको आतंकी आक्रमणमा कम्तिमा ७५ जनाको ज्यान गएको छ भने १ सय ५० जना भन्दा बढीको मृत्यु भएको छ।
बास्ताई दिवस(राष्ट्रिय दिवस) मनाइरहेका निसका फ्रान्सेली नागरिकहरूमाथि ट्रक चलाइएको थियो भने गोली पनि चलाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फायरवर्क्स डिस्प्ले सकिएलगत्तै भीडमाथि ट्रक चलाइएको थियो भने ट्रकका चालक ट्रकबाट हामफालेर गोली समेत चलाएका थिए।
ट्रक चालकलाई प्रहरीले गोली हानी मारेको थियो र अनियन्त्रित भएर चलिरहेको ट्रकलाई प्रहरीले रोकेका थिए। यसपछि उक्त स्थानमा मानिसहरूको शव तथा घाइतेहरू सडकमा यत्रतत्र रहेका थिए। सडकभरी मानिसहरू शवहरू लडिरहेका थिए भने घाइतेहरू दुखाईका कारण चिच्याइरहेका थिए त कोही सहायताका लागि आग्रह गरिरहेका थिए।
प्रहरी तथा उद्दारकर्मीहरूले घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग गरेका थिए। उनीहरूलाई एम्बुलेन्समा हालेर अस्पताल पुर्याइएको थियो।
उक्त आक्रमणपछिका केही फोटोहरू:
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।