जनकपुरधाम : सत्ता गठबन्धनको माओवादी केन्द्रका मधेश सरकारमा रहेका मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मधेशको ठूलो दल एमालेका मन्त्रीहर...
काठमाडौं : नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। बबरमहलको कार्की ब्यांक्वेटमा बसेको अध्यक्ष दाहाल पक्षको बैठकले देशव्यापी रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।
काठमाडौं लगायतका शहरहरूमा प्रतिगमनकाविरुद्ध दैनिक आन्दोलन गर्ने निर्णय भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले बताए। देशव्यापी रुपमा गरिने आन्दोलनको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठले गर्ने उनले बताए। प्रतिगमनविरुद्ध २५ सय १ संघर्ष समितिसमेत गठन गर्ने भएको छ।
यस्ता छन् चरणबद्ध आन्दोलनका कार्यक्रम :
१० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सांसदहरू लगायत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने।
दिउँसो २ः०० बजे पत्रकार सम्मेलन।
१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने।
१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने।
पुस १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने।
१४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरुद्ध आन्दोलन।
२० गतेभित्र नगर-गाउँपालिकासम्म बैठक, भेला गर्ने।
२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।