हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने स्पष्टै छ। स्टेट युनिभर्सिटी अफ न्यूयोर्कका वैज्ञानिकले हाँस्दा मानिसको रोग प्रतिरोधात्मक क्षम...
पछिल्लो २४ घण्टामा संक्रमण फैलिने देशमध्ये एसियाकै तेस्रोमा नेपाल
कोरोना : नेपालमा कोरोना संक्रमणबाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ। नेपालमा आज कोरोनाबाट २ सय ३ जनाको मृत्यु भएसँगै नेपाल चीनभन्दा धेरै मानिसले ज्यान गुमाउने सूचीमा परेको छ।
डेढ वर्षअघि चीनको वुहानमा उत्पन्न भएको भनिएको कोभिड-१९ बाट चीन गत वर्ष नराम्रोसँग प्रभावित भएको थियो। करिब ६ महिना कोरोना महामारी चलेको चीनमा त्यसपछि भने कोरोना लगभग अन्त्य भएको थियो।
चीनमा हालसम्म कोभिड संक्रमणबाट ४ हजार ६ सय ३६ जनाको निधन भएको वर्ल्डोमिटरको तथ्यांकमा समावेश छ। नेपालमा भने ४ हजार ६ सय ६९ जनाको कोरोनाकै कारण निधन भइसकेको छ।
पछिल्लो २४ घण्टामा चीनमा मात्र ७ जनामा कोरोना संक्रमण पुष्टि भएको यो डाटामा समावेश छ। तर नेपालमा यही समयमा भने ८ हजार ४ सय ६७ जनामा संक्रमण पुष्टि भएको थियो।
नेपाल पछिल्लो २४ घण्टामा संक्रमण फैलिने देशमा एसियाकै तेस्रो मुलुकमा दर्ज भएको छ। नेपालभन्दा बढी भारत र इरानमा मात्र धेरैमा संक्रमण भएको पाइएको छ। भारतमा आज २ लाख ७४ हजार मानिसमा संक्रमण फैलिँदा यही समयमा इरानमा भने १० हजार १ सय ४५ जना संक्रमित भएका छन्।
त्यस्तै सक्रिय संक्रमित भएका एसियाका देशहरूमा नेपाल चाैथो स्थानमा छ। भारत, टर्की, इरानपछि नेपालमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन्। नेपालभर हाल १ लाख ७ हजार ३ सय ३६ कोरोना सक्रिय संक्रमित छन्।
भारतमा भने हाल भारतमा भने हाल ३७ लाखभन्दा बढी सक्रिय संक्रमित छन्। त्यस्तै इरानमा ४ लाख ५९ हजार रहँदा टर्कीमा भने १ लाख ८३ हजार छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।