चन्द्रौटा : कपिलवस्तुको बाणगंगा नगरपालिका-७ कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। दाउरा संकलन गर्ने क्रममा वाणगङ्गा नगरपालिका कपिलधाम...
हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, धरमपानीमा भएको जन्ती बस दुर्घटना चालकलाई प्रहरीले पक्राउ गरेको छ। बस दुर्घटनाभएसँगै फरार रहेका चालकलाई इलाका प्रहरी कार्यालय थाहानगरपालिकाले पालुङबाट नियन्त्रणमा लिएको हो।
सिन्धुपाल्चोक बलेठी गाउँपालिका–५ का ३२ वर्षीया चालक श्रीबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। चालकको प्रारम्भिक बयानअनुसार ब्रेक नलागेको कारण सवारी दुर्घटना भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीषक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार बसको मेकानिकल परीक्षणा गर्ने तयारी भइरहेको छ।
‘मेकानिकल समस्या भएको हुन सक्ने देखिएको छ। अब मेकानिकल परीक्षण गरिनेछ। अनि चालकको बयानअनुसार हामी थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने छौँ’, उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।