काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ। सरकारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेम...
काठमाडौं : नेकपाका नेता हृदयेश त्रिपाठीले सरकारको सफलता र विफलता राजनीतिक कोर्षसँग जोडिएकाले त्यसतर्फ गम्भीर बन्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता हृदयेश त्रिपाठीले कम्युनिष्टको सिद्धान्तअनुसार सरकार चल्न नसक्दा जनमत गुम्दै जाने खतरा रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए। पार्टी एकीकरण पछि नेताहरूले ‘ठूलो भएपछि यसको क्षेत्रफल नै थाहा नभएजस्तो’ गरेर अलमलमा परेको टिप्पणी गरे।
नेता त्रिपाठीले मधेस र थारू समुदायप्रति सरकारले अझै पनि विभेदकारी नीति राखेको आरोप लगाए। उहाँले संसदीय निर्वाचनमा निर्णाय बनेको मधेसी र थारू समुदायको विश्वास जित्न नसके सरकार असफल हुने दाबी गरे। उनले पार्टी र सरकारको सफलता र असफलतामा मात्रै प्रश्न नभई सिस्टम नै परिर्वतन हुन सक्ने भन्दै राजनीतिक कोर्ष नै अन्यत्र जान सक्ने खतरा औँल्याए।
'नेकपा अझै पनि लोकप्रिय हुन सकेको छैन मधेसी जनतामा। थारू जनतामा तपाईहरूलाई भन्छन् भने प्रमोटेड नेताहरूले भनेर केही हुँदैन। एउटा आन्दोलनका क्रममा प्रोमोटेट भए होलान् त्यो बेलामा। अझै यो हाम्रो पार्टी भनेर विश्वास हुन सकेको छैन। त्यो अनुसारको नीति सिद्धान्त कार्यक्रम र व्यवहार हुन सकेको छैन' उनले भने, 'सम्झनुहोस् तपाईहरूले ५९ सिट यस्ता छन् जहा थारू र मधेधी या त निर्णायक छन्, या त उनको बेगर रिजल्ट उल्टो हुनेवाला छ। तीनलाई छोडेर आगामी तपाईंका यात्रा कम्प्लिट हुँदैनन् । राजमार्गमा जाँदाजाँदा बाम आन्दोलनको फुतिफार्ती त्यहीसम्म रहने, दक्षिण जान नसक्ने कारण के हो?'
एकपटक जनमतले अविश्वास गरिसकेपछि फेरि जनमत श्रृजना गर्न कठिन हुने भन्दै उनले अब कुनै पनि राजनीतिक बुख्याँचाले जनतालाई छल गर्न नसकिने तर्क गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।