|

दैलेख : नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन उच्च मध्यामिक विध्यालयको आइसाेलेसनमा कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ। झडपमा ४ संक्रमित घाइते भएका छन्। 
आइसाेलेसनमा वसेकाहरुले महिना दिन पुग्दा पनि पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पिसिआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, आइसाेलेसनमा बस्दा खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए। 

आइसाेलेसनमा बसेका संक्रमित घर जान खोजेपछि  प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए। 

प्रहरीको कुटाइबाट एक जनालाई अलि बढी चोट लागेको छ। भने तीन जना सामान्य घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ। बढी घाइते भएका नारायण नगरपालिका ६ का युवक हुन्। 

ती युवकका बाबुका अनुसार आइसाेलेसनमा बसेकाले नगरप्रमुखसँग कुरा गर्न चाहेको बताएपछि नारायण नगरपालिका १ का वडाध्यक्षले प्रहरी लगाएर मारपिट गरेको आरोप लगाए। उक्त विद्यालयको आइसाेलेसनमा करिब ३४ जना संक्रमितलाई राखिएको छ। 

केही दिनअघि विद्यालयको क्वारेन्टाइनमा बसेकाले खानेपानी नपाएको भन्दै आन्दोलन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.