|

  • रामप्रसाद धिताल

पश्चिमाले मनाउने ‘भ्यालेन्टाइन डे’ को अनुकरण गर्दै नेपालमा पनि एक डेढ दशकयता प्रेम\प्रणय दिवस मनाउने चलनले व्यापकता पाएको छ, विशेषगरी किशोर\युवा जमातमा। एक दिवसीय मात्र हो र, साताव्यापी विभिन्न क्रियाकलापसँगै अन्त्यमा प्रेम दिवस आउँछ।

‘रोज डे’, ‘चकलेट डे’, ‘किस डे’, ‘हग डे’ लगायतका छ दिन पार गरेपछि आउने रहेछ, भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस। कसैलाई प्रेम प्रस्ताव राख्ने क्रम हो रे, यो । फरक\फरक वस्तु दिएर फकाउँदै अन्तिममा प्रेम प्रस्ताव राख्ने रे! विभिन्न वस्तुले मन पगाल्दै प्रस्ताव स्वीकार्न बाध्य बनाइएको होला।

पश्चिमा सन्त भ्यालेन्टाइनको नाममा शुरु भएको पर्व बर्सेनि भड्किलो, उच्छृङ्खल बन्ने क्रममा देखिन्छ। भावनात्मक भन्दा उपभोगवादी संस्कृतिलाई निरन्तरर बढावा दिइएको छ। प्रेमको नाममा अर्बौंको डलर\पाउण्डको कारोबार गर्ने पश्चिमाहरूको योजना सफल भइरहेकै छ। चकलेटका नाममा। फूलका नाममा। कार्डका नाममा। अनेक प्रकारका उपहारका नाममा। ती पनि तह-तहका हुन्छन्। महँगा–महँगा वस्तु दिएर ‘भ्यालेन्टाइन’(प्रेमी\प्रेमिका) लाई खुशी पार्ने हाेडबाजी नै चल्छ।

पश्चिमा शैलीको प्रेम

पश्चिमा समाजमा बाबुआमाले छोराछोरीलाई गर्ने प्रेमको कुनै मूल्य हुँदैन। पखेटा नलागुञ्जेल हो, त्यसपछि आफ्नो भ्यालेन्टाइन लिएर हिँड्छन् सन्तानहरू। वृद्धवृद्धा कुकुर, बिराला र चरालाई प्रेम गरेर बस्छन्। छोराछोरी मन लागे ‘फादर्स डे’ वा ‘मदर्स डे’ मा कोसेली लिएर भेट्न जान्छन्। नत्र बाबुआमाले छोराछोरीको अनुहार देख्न पाउँदैनन्। यस्तो अभ्यास ‘ग्लोबलाइजेसन’को प्रभावले नपालमा पनि हुन थालिसकेको छ। 

उमेर पुगेपछि भ्यालेन्टाइनलाई मात्र सर्वस्व ठान्ने प्रवृत्ति बढ्दै गर्दा बाबुआमा वृद्धाश्रममा वा सडकपेटीमा छोडिने गरेका थुप्रै उदाहरण पाइन्छ। फरक यति हो, उता सरकारले वृद्धवृद्धाको सुरक्षाको प्रबन्ध गर्छ। यता छोरीछोरीलाई पालनपोषण गराएर रित्तो भएका वृद्धवृद्धालाई छोराछोरीले मात्र होइन सरकारले समेत वास्ता गर्दैन।

पश्चिमाहरूले जेलाई प्रेम भनिरहेका छन् वा जुन रूपमा प्रेम दिवस मनाइरहेको छ, त्यो सिद्धान्तलाई हिन्दू धर्मले मान्यता दिएको छैन। अचेल मानिस किशोरावस्थामा पुग्नुअघि नै आफू, आफ्नो शरीर, नाता–सम्बन्ध र समाज बुझ्नुअगावै कसैसँग प्रेममा परिसकेको हुन्छ। पश्चिमा समाजमा त किशोरअवस्थामा प्रवेश गरेकाका ‘गर्ल फ्रेण्ड’ वा ‘ब्वाई फ्रेण्ड’ भएन भने प्रश्न गरिन्छ रे, 'उसमा केही खराबी त छैन!' छोराछोरी विपरीत लिंगीसँग अँगालो हालेर हिँडेको देखिएन भने अभिभावक चिन्तित हुनुपर्ने अवस्था आउँछ, किन मेरो छोरा\छोरीको 'भ्यालेन्टाइन' छैन। अचेल नेपालमा पनि भित्रिसकेको छ यो चलन, भ्यालेन्टाइन बनाउने।

पश्चिमा समाज भन्छ, मन लागेकोसँग प्रेम गर! मन मिल्यो भने यौनसम्पर्क गर तर सुरक्षित रहू! सुरक्षा यस अर्थमा कि, यौन रोगहरूबाट बच! कलिलो उमेरमा आमा वा बाबु हुनबाट जोगिऊ! किशोर अवस्था पार नहुँदै एक जनाबाट अघायौ अथवा ऊ वा उनीसँग प्रेमको गाडी अगाडि बढ्दैन भने छोडिदेऊ हात! अर्कोको थाम! आखिर जीवन भनको सन्तुष्टि हो। जोबाट सन्तुष्टि मिल्छ उसैलाई अँगाल! सन्तुष्टि पाउन छोड्छौ भने दुनियाँ अरु हजारौ, लाखौंं छन्।

हिन्दु समुदायको बहुलता भएको नेपालमा विदेशी संस्कृतिको अनुकरण गरेको आरोप लागिरहँदा युवा वर्ग भन्छ, खै त हाम्रो प्रेमदिवस? के त्यसो

पश्चिमा समाज भन्छ, मन लागेकोसँग प्रेम गर! मन मिल्यो भने यौनसम्पर्क गर तर सुरक्षित रहू! सुरक्षा यस अर्थमा कि, यौन रोगहरूबाट बच! कलिलो उमेरमा आमा वा बाबु हुनबाट जोगिऊ! किशोर अवस्था पार नहुँदै एक जनाबाट अघायौ अथवा ऊ वा उनीसँग प्रेमको गाडी अगाडि बढ्दैन भने छोडिदेऊ हात! अर्कोको थाम! आखिर जीवन भनको सन्तुष्टि हो। जोबाट सन्तुष्टि मिल्छ उसैलाई अँगाल! सन्तुष्टि पाउन छोड्छौ भने दुनियाँ अरु हजारौ, लाखौंं छन्।

भए हिन्दु परम्परामा प्रेम दिवस छँदै छैन त? विभिन्न शास्त्रका निर्माताहरूले मानिसलाई प्रेम गर्न सिकाएनन् त? देवता वा अन्य अवतार पुरुष–नारीले प्रेम गर्दै गरेनन् त ? उनीहरूले प्रेम गर्न जानेकै पो थिएनन् कि ?

हाम्रो प्रेमकथा

पहिली पत्नी सतीदेवीले पनि महादेवलाई उल्कै प्रेम गर्थिन्। बाबुले आफ्ना पतिलाई गरेको निन्दा सुन्न सकिनन्। पितृप्रेम पनि उत्तिकै थियो। पिता र पतिप्रतिको प्रेमको तराजु कतैपट्टि ढल्काउन चाहिनन्। त्यसैले चुपचाप यज्ञकुण्डमा हाम फालिन् देह त्याग गरिन्।

हिन्दु समाजमा राधा–कृष्णको प्रेमकथा चर्चित छ। राधा कृष्णको बाँसुरीको धुनबाट मोहित थिइन्। गोठाला जाँदा दुईको प्रेम भयो। दुईबीचको प्रेम पवित्र थियो, स्वार्थरहित। प्रेममा मात्र अल्झेर बस्न कृष्ण मानव जुनी लिएका थिएनन्। भू–भार हर्ने दायित्व थियो। गोकुल छाडेर हिँडे। राधा जीवनभर कृष्णलाई प्रेम गरेर बसिन्। राधा र कृष्णको प्रेम अधूरै रह्यो। तर पनि उनीहरू संसारकै आदर्श प्रेमजोडीका रूपमा चिनिन्छन्

विष्णुले सतीदेवीलाई चाहेका थिए तर महादेवले चाहेको थाहा पाए। महादेव–सती विवाहको माहोल पो मिलाइदिए। दोस्रोपटक चाहेको पार्वतीले पनि महादेवलाई मन पराउँदी रहिछिन्। विष्णु बाधक बन्न चाहेनन्। बाटो छोडिदिए। बरु पार्वतीलाई महादेव पति पाउने उपाय सिकाइदिए। कत्रो त्याग! एक्काइसौं शताब्दीको प्रेमीहरू आफूले नपाए अरु कसैको हुन नदिने भन्दै प्रेमिकालाई सिध्याउन पछि पर्दैनन्। आजको प्रेम हुँदो हो त विष्णुले के गर्थे होलान्?

पार्वतीले महादेवलाई प्रेम गरिन्, अनेक तीर्थ व्रत गरेर पाएरै छोडिन्। माघभरि पढिने स्वस्थानी व्रतकथामा एउटा सन्दर्भ आउँछ, महिना दिन लामो व्रत सकी पार्वतीले महादेवलाई प्रसाद खान दिइन्। दुई पतिपत्नी हुने पक्का भइसके पनि विवाह भइनसकेकाले महादेवले भने, 'प्रसाद खानलाई विवाह भएको छैन।' समय नहुँदै वा मर्यादा नाघेर कुनै पनि काम गर्नुहुँदैन भन्ने सन्देश हाे याे।

पश्चिमा, उनीहरूको शास्त्रको अध्ययन गरेका र उनीहरूकै दानापानी खाएकाहरू भन्छन्, हिन्दु समाजका मानिस प्रेम गर्न जान्दैनन्। यौनकर्म गर्न जान्दैनन्। गृहस्थ प्रवेश गर्ने बेलामा पढ्ने वात्स्यायनको त्यत्रो ग्रन्थबारे उनीहरूलाई थाहा छैन। हामीले पनि वेवास्ता गर्‍याैं।  कामसूत्र–जसले प्रेम गर्न सिकाउँछ, यौनजीवनकाे सूत्र सिकाउँछ। हामी काकाकूल झै पश्चिमाको अनुकरण गरिरहेछौं, निरीह बनेर। पश्चिमा सन्त भ्यालेन्टाइनले इशाको तेस्रो शताब्दीमा सैनिकहरूको विवाह गराइदिँदै गर्दा वा मानिसमा प्रेमको महत्त्व बुझाइदिँदै गर्दा हाम्रो समाजमा प्रेम, विवाह र यौनमा कहिले पो बन्देज थियो र! भनिएको यति हो, जे गर्छौ नीतिमा रहेर गर अनैतिक कर्म नगर!

हिन्दु परम्परामा प्रेम

हिन्दु समाजले विवाहअघिको यौनसम्बन्धलाई अपराध मान्यो। विवाहअघिको यौनसम्बन्धले समाजमा विकृति फैलाउँछ। किशोर अवस्थामा पढ! ज्ञान आर्जन गर! आफ्नो योग्यताअनुसारको विधामा योग्य बनेर निस्क!  ब्रह्मचर्यमा बस! प्रेम र यौनका कुरामा फस्दै नफस! कुमार २५ वर्ष उमेर पुगे कन्या १६ कटेपछि गृहस्थमा जाऊ! विवाह गर! पतिले पत्नीलाई, पत्नीले पतिलाई प्रेम गर! अवैध सम्बन्ध नबनाऊ!

पश्चिमा, उनीहरूको शास्त्रको अध्ययन गरेका र उनीहरूकै दानापानी खाएकाहरू भन्छन्, हिन्दु समाजका मानिस प्रेम गर्न जान्दैनन्। यौनकर्म गर्न जान्दैनन्। गृहस्थ प्रवेश गर्ने बेलामा पढ्ने वात्स्यायनको त्यत्रो ग्रन्थबारे उनीहरूलाई थाहा छैन। हामीले पनि वेवास्ता गर्‍याैं।  कामसूत्र–जसले प्रेम गर्न सिकाउँछ, यौनजीवनकाे सूत्र सिकाउँछ। हामी काकाकूल झै पश्चिमाको अनुकरण गरिरहेछौं, निरीह बनेर। पश्चिमा सन्त भ्यालेन्टाइनले इशाको तेस्रो शताब्दीमा सैनिकहरूको विवाह गराइदिँदै गर्दा वा मानिसमा प्रेमको महत्त्व बुझाइदिँदै गर्दा हाम्रो समाजमा प्रेम, विवाह र यौनमा कहिले पो बन्देज थियो र! भनिएको यति हो, जे गर्छौ नीतिमा रहेर गर अनैतिक कर्म नगर!

पश्चिमा, उनीहरूको शास्त्रको अध्ययन गरेका र उनीहरूकै दानापानी खाएकाहरू भन्छन्, हिन्दु समाजका मानिस प्रेम गर्न जान्दैनन्। यौनकर्म गर्न जान्दैनन्। गृहस्थ प्रवेश गर्ने बेलामा पढ्ने वात्स्यायनको त्यत्रो ग्रन्थबारे उनीहरूलाई थाहा छैन। हामीले पनि वेवास्ता गर्‍याैं।  कामसूत्र–जसले प्रेम गर्न सिकाउँछ, यौनजीवनकाे सूत्र सिकाउँछ। हामी काकाकूल झै पश्चिमाको अनुकरण गरिरहेछौं, निरीह बनेर। पश्चिमा सन्त भ्यालेन्टाइनले इशाको तेस्रो शताब्दीमा सैनिकहरूको विवाह गराइदिँदै गर्दा वा मानिसमा प्रेमको महत्त्व बुझाइदिँदै गर्दा हाम्रो समाजमा प्रेम, विवाह र यौनमा कहिले पो बन्देज थियो र! भनिएको यति हो, जे गर्छौ नीतिमा रहेर गर अनैतिक कर्म नगर!


हाम्रो प्रेम दिवस

माघशुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिन विद्याकी देवी सरस्वतीको मात्र होइन रति र कामदेवको पूजा गर्ने विधान छ। कामदेव– स्त्रीपुरुषमा प्रेम र कामभावना जगाउने देवता। रति अर्थात् प्रेम वा कामकी देवी। तर यो पर्व गृहस्थहरूले मात्र मनाउने विधान छ, भन्छिन् पुराणज्ञाता एवं नेपाल संस्कृत विश्वविद्यालयकी सह–प्राध्यापक प्रियम्बदा काफ्ले। भनिसकियो अविवाहितले प्रेम वा यौनमा अल्झिएर समय खेर फाल्ने होइन। भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णको जन्मदिनलाई पनि प्रेम दिवस मान्न सकिन्छ।

अर्को दिन छ, चलनचल्तीको पात्रोमा भाद्र शुक्ल तृतीया। बोलीचालीको भाषामा तीज। पौराणिक कथनअनुसार पार्वतीले महादेव पति पाउन निराहार व्रत गरेको दिन। अहिले पनि महिलाहरू पतिको सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै व्रत बस्छन्। 

हिन्दु परम्पराअनुसार स्त्री पुरुषको आधा अंग । पुरुष आधा । नारी आधा। त्यसैले जुनसुकै काम गर्दा पनि पतिपत्नी मिलेर गर्नूृ भन्ने निर्देशै छ। एक्लाएक्लै गरे अपूर्ण हुन्छ, भनेकै छ। त्यसैले पत्नी एक्लैले गरेको व्रत कसरी पूर्ण होला? पत्नीले पतिको लामो जीवनको कामना गरेजस्तै पुरुषले पनि आफ्नी स्त्रीको दीर्घायुको कामना गरेर मनाउन सक्छन्। प्रेम गर्नेहरूलाई योभन्दा ठूलो दिन कुन होला?

काठमाडौंका महिलाहरूले सदियौंदेखि गर्दै आएको स्वस्थानीको व्रत महिनाभरि पतिको दीर्घायुको कामना गरी व्रत गर्ने अन्तिम दिन माघशुक्ल पूर्णिमा स्वास्थानीलाई चढाएको प्रसादमध्ये आठ रोटी, आठ पान इत्यादि प्रेमले दिने पर्व। पत्नीले त्यत्रो प्रेम गरेर दिएको प्रसाद खाएर पुरुषमा प्रेमभाव उत्पन्न हुँदैन होला र! आधा अंगले अर्को आधा अंगलाई राम्रो व्यवहार गर्ने उनलाई खुशी राख्नसके एक दिनमात्र होइन वर्षभरि नै प्रेम दिवस भयो। जीवन प्रेममय भयो। त्यसैले पनि छुट्टै प्रेम दिवसको आवश्यकता महसुस नगरेको हो कि, हिन्दु समाजले!  

अन्त्यमा,

‘किस डे’, ‘हग डे’ का नाममा उच्छृङ्खलता मच्चाउने क्रियाकलाप हिन्दु समाजका लागि स्वीकार्य छैनन्। यी विषय नितान्त व्यक्तिगत हुन्। कोठामा वा एकान्तमा गरिने क्रियाकलापलाई सार्वजनिक बनाउनु निश्चय पनि राम्रो होइन। मानिसका केही त आफ्नो ‘प्राइभेसी’ हुनुपर्‍यो नि!

यो वर्ष 'हग' गरेको वा 'किस' गरेको 'भ्यालेन्टाइन' प्रेमको चरम सुख भोगी अर्को वर्षसम्ममा अर्कैसँग त्यही क्रियाकलाप दोहोर्‍याउने प्रवृत्ति पश्चिमाहरूमा सामान्य मानिन्छ। यस्ता क्रियाकलाप र प्रवृत्ति निरुत्साहित गरेकाले पनि पूर्वीय र पश्चिमको प्रेम गर्ने शैली नितान्त फरक छ, भन्न सकिन्छ। त्यसैले आफ्नै किसिमको प्रेम गरौं। मौलिक प्रेम दिवस मनाऔं।

[email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.