|

सल्यान : लकडाउनका कारण झण्डै दुई महिनादेखि ठप्प भएका विकास निर्माणका काम अघि बढेको छ। स्थानीय प्रशासनबाट अनुमति लिएर निर्माणका काम पुनः सुरु गरिएको हो।

डिभिजन वन कार्यालय सल्यानका निमित्त प्रमुख रमेश गिरीका अनुसार लकडाउनकै बीचमा पहिरो नियन्त्रण, बाँध निर्माण, पूर्वाधार निमार्णका काम सञ्चालन भइरहेको छ। उनले भने, ‘लकडाउनका कारण एक दुई महिना काम हुन नसकेपछि पछिल्लो समयमा सामाजिक दूरी कायम गरी ११ वटा योजना सञ्चालन भई अन्तिम चरणमा पुगेका छन्।’

यस्तै, कृषि विकास कार्यालय सल्यानले पनि झन्डै २३ वटा साना तथा मझौला सिंचाइ योजनाहरु सञ्चालन गरिरहेको छ। लकडाउनभन्दा अघिको गतिमा काम नभए पनि ठप्पै पनि नभएको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए।

बस्नेतका अनुसार झन्डै चार करोडको लगानीमा यो वर्ष पाँच हजार ६३७ मिटर सिंचाइ कुलोहरु निमार्ण गरिएका छन्। केही योजना सम्पन्न भइसकेको र केही योजना अन्तिम चरणमा रहेका छन्।

पूर्वाधार विकास कार्यालयले पनि सडक, झोलुंगे पुलर मोटरेबल पुललगायतका योजनाको काम गरिरहेको छ। कार्यालयका निमित्त प्रमुख विनोद पुनका अनुसार लुहाम रामपुर, खलंगा कुपिण्डे, थारमारे चौरजहारी लगायतका सडकको काम भइरहेको छ।

उनका अनुसार कुदुखोला र नाम्राखोला झोलुंगे पुल र शारदा खोला, बरला, जिमालीखोला तथा दार्माखोला मोटरेबल पुलको कामलाई पनि तीव्रता दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.