आइसोलेसनबाट २ दिनमै घर पठाइयो

|

कपिलवस्तु : कोरोनाको संक्रमणमा हिसाबले देशमै दोस्रो ठूलो जिल्ला कपिलवस्तुका ३ स्थानीय तहले मापदण्ड पूरा नगरी क्वारेन्टाइन बस्नेलाई घर पठाएका छन्। कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन निर्देशिका अनुसार लक्षण नदेखिएको केसलाई आइसोलेसन बसेको १४ दिनपछि डिस्चार्ज गर्ने नियम छ। तर ती स्थानीय तहले समय अगाडि नै घर पठाएका छन्। 

निर्देशिकाविपरीत डिस्चार्ज गर्नेमा यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका र महाराजगन्ज नगरपालिका रहेका छन्। यी मध्ये २ स्थानीय तहले आइसोलेसन बसेको ६ दिनमै संक्रमितलाई घर पठाएका हुन्। यता मायादेवी गाउँपालिकाले भने १० दिनपछि संक्रमितलाई छाडेको छ।

सरकारले जेठ २० गते निर्देशिका जारी गरेको थियो। ती पालिकाका आइसोलेसनले जेठ २५ गतेपछि मात्र डिस्चार्ज गरेको थियो। डिस्चार्ज गर्दा चिकित्सकको समेत हस्ताक्षर गराई पठाइएको स्वास्थ्यकर्मी बताउँछन्। जिल्लाका कार्यरत डा किशोर बन्जाडे, डा गणेश क्षत्री, डा गङ्गाराम यादवको सिफारिसमा संक्रमितलाई घर पठाइएको यशोधरा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दुवेले बताए। 

निर्देशिकाको अवज्ञा गरेपछि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जेठ २७ गते सबै पालिकालाई निर्देशिका अनुसार डिस्चार्ज गर्न अनुरोध पत्रसमेत पठाएको थियो। पत्र पठाएपछि पनि यशोधरा र मायादेवीले निर्देशिकाविपरीत डिस्चार्ज गरेका हुन्।

आइसोलेसनमा आएको २ दिनमै चेक नगरी डिस्चार्ज

यशोधरा गाउँपालिकाले वडा नं ४ का ३२ वर्षीय पुरुषलाई २ दिन आइसोलेसनमा राखी डिस्चार्ज गरेको छ। उनी जेठ २९ गते भर्ना भई ३१ गते डिस्चार्ज भएका हुन। जेठ ३१ गते ५२ संक्रमितलाई डिस्चार्ज गरेको थियो। जुनमध्ये १५ संक्रमितलाई ४ दिनपछि, २ संक्रमितलाई ५ दिनपछि र ३४ संक्रमितलाई ६ दिनपछि डिस्चार्ज गरिएको थियो।

गाउँपालिकाका ५९ संक्रमित १० दिन बसी डिस्चार्ज भई घर फर्किएका छन्। यसै गरी ३४ संक्रमितलाई ८ राखी डिस्चार्ज भएका थिए। यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेस कुमार पाण्डेका अनुसार सबैलाई सरकारले जारी गरेको नियमअनुसार पठाएको दाबी गरे।

‘हामीले जिल्लाबाट डाक्टर बोलाएर २ हप्ता घरमै बस्ने गरी पठाएको अध्यक्ष पाण्डेले बताए। यशोधराले डिस्चार्ज गरेकोमध्ये अधिकांश स्वाब सङ्कलन गरेको मितिले १३ वा १४ दिनमा डिस्चार्ज गरिएको छ।डिस्चार्ज भएकाहरूको दोस्रो परीक्षण भएको छैन। यता सुरु मै संक्रमण भई कोभिड अस्पताल बुटवल बसेका  यशोधराका १२ संक्रमित औसत २० दिन अस्पताल बसी निको भएर घर फर्किएका छन्।

डाक्टरले नै समय नपुगी जान सिफारिस गरे 

महाराजगन्ज नगरपालिकाले १० जना कोरोना संक्रमितलाई मात्र समय अवधि पूरा गरी घर पठाएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट सूचनाका हक प्रयोग गरी मागिएको डाटाअनुसार १ जना संक्रमितलाई ६ दिनमा घर पठाइएको छ। 

३४ जना संक्रमित ९ दिन, ४ जना संक्रमितलाई ८ दिन, १ संक्रमितलाई ७ दिन र १ जनालाई १० दिनमा घर पठाइएको छ। महाराजगन्ज नगरपालिकाले स्वास्थ्य कार्यालयको अनुरोध पत्र आएपछि संक्रमितलाई १४ दिन राखी घर पठाउने तयारी गरेको छ। 

सरकारले जारी गरेको निर्देशिकाबारे जानकारी नभएको र चेकमा आउने डाक्टरले पठाउन भनेपछि डिस्चार्ज गरेको स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले बताए। 

८० वर्षीय र १ वर्षको बालक १० दिनमै घर पठाइए

जिल्लाको मायादेवी गाउँपालिकाले ८० वर्षीय संक्रमितसहित ३२ जनालाई आइसोलेसन बसेको १० दिनपछि घर पठाएको छ। ती ८० नागरिक स्थानीय जमिन्दारसमेत हुन। घर गएर सेल्फ आइसोलेसनमा बस्नुपर्ने भए पनि उनी अहिले धान खेती गर्न व्यस्त भएका स्थानीयले बताए। मायादेवीले जेठ ३१ गते ३८ जनालाई डिस्चार्ज गरेको छ। तीमध्ये ६ जना १२ दिनमा डिस्चार्ज भएका थिए। डिस्चार्ज भएकाहरू को १५ दिन अगाडि स्वाब संकलन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.