|

काठमाडौं : ब्रजिलमा एकै दिन ४० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ४० हजार ६७३ जनाका कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ लाख ३३ हजार पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा ब्रजिलमा ११ सय ८० जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५५ हजार पुगेको छ। ब्रजिल कोरोनाबाट अत्यधिक प्रभावित विश्वको दोस्रो देश हो। पहिलो देश अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २५ लाख पुगेको छ।  यसैगरी त्यहाँ पछिल्लो २४ घण्टामा ५ सय ९५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ लाख २६ हजार ७२६ पुगेको छ। 

भारतमा हालसम्मकै उच्च संख्यामा संक्रमितहरु भेटिएका छन्। त्यहाँ १८ हजार भन्दा बढी संक्रमित एकै दिनमा भेटिएपछि कुल संक्रमितको संख्या ४ लाख ९१ हजार पुगेको छ। भारतमा ४ सय १ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या १५ हजार ३०८ पुगेको छ। 

यसैगरी पाकिस्तान, बंगलादेश, साउदी अरब, दक्षिण अफ्रिका, चिली, मेक्सिको लगायतका देशमा संक्रमितको संख्या लगातार बढीरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७५ हजार मानिस संक्रमित भएका छन् भने ५ हजार भन्दा बढीको मृत्यु भएको छ। यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख नजिक पुग्दा उपचारपछि कोरोनामुक्त हुनेको संख्या ५२ लाख ५० हजार पुगेको छ। यस्तै विश्वभर अहिलेसम्म कोरोनाबाट ४ लाख ९० हजार मानिसको मृत्यु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.