|

अछाम : अछाममा एकै दिन ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंसहितका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ ८६ जनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला जनस्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले एकै दिन ८६ जनामा संक्रमण पुष्टि गरे। उनका अनुसार साँफेबगर नगरपालिकाका ४ जना र रामारोरोशन गाउँपालिकाका ८२ जना गरि ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। कोरोना संक्रमणका कारण अछाममा हालसम्म एकजनाको ज्यान गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.