|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती आज। 

 कांग्रेस र उसका भ्रातृ संगठनले मनाउँदैछन्। शान्तिबाटिका रत्नपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कांग्रेसले जनाएको छ। काठमाडौंसहित विभिन्न जिल्लामा श्रद्धाञ्जली सभाको आयोजना पनि गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए। कांग्रेस नेतृ एवम् सांसद ज्ञानकुमारी छन्त्यालको निधनको शोकमा कांग्रेसले औपचारिक कार्यक्रमको भने आयोजना गरेको छैन।

कोइराला देशमा हालसम्म सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्न सफल नेता हुन। पाँचपटकसम्म प्रधानमन्त्री भएका उनको राजनीतिक यात्रा विक्रम सम्मत २००४ सालमा बिराटनगर जुट मिलको श्रमिक नेताको रुपमा सुरु भएको थियो । कोइराला तत्कालिन राणा शासकबाट लखेटिएका कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाका कान्छा सुपुत्र तथा नेपाली राजनीतिका धरोहर बी पी कोइराला र मातृकाप्रसाद कोइरालाका भाइ हुन।

वि.सं.१९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.