काठमाडौं : गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन्। म्याग्दी, तनहुँ र बाग्लुङमा एक÷एक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ।
म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो। संक्रमित सवैलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भएको छ। आज थपिएका सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुगेको छ।
यस्तै चितवनमा पनि पाँच जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको माडी नगरपालिकाका चार जना पुरुष र रत्ननगर नगरपालिकाका एक जनामा महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।