|

काठमाडौं : कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरूलाई गाउँ-घरमा कसैले अपमानको व्‍यवहार गरे सरकारले कारबाही गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आइसोलेशनमा बसेर निको भएका व्यक्तिलाई टोल वा समाजमा प्रवेश गर्दा अपमान सहनु परेको गुनासो आउने गरेको जानकारी दिए।

कोरोना संकट विश्‍वव्‍यापी समस्‍या रहेकोले यसलाई गम्भीर रूपमा लिन पनि उनको आग्रह छ।

'यदि कसैले कोरोना लागेर निको भएर घर फर्किएका व्यक्तिलाई अपमान गर्छ भने उसलाई कानुनअनुसार कारबाही हुन्छ', प्रवक्ता डा. गौतमले भने, 'कोरोना संकट विश्वभर रहेकाले यसलाई गम्भीर रुपमा लिन पनि आग्रह गर्दछु।'

पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना  कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म देशभर कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगको छ। बुधबार मात्रै कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने २ सय ५३ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५२ रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.