|

काठमाडौं : सरकारले लकडाउन खुकुलो बनाएसँगै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेकोमा यातायात व्यवसायीको गम्भीर आपत्ति रहेको जनाएका छन्।

यात्रु, मजदुरको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले यो विषय महत्वपूर्ण रहेकोले तत्कालै यत्तिकै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिन्छ भनेर भन्न नसकिने यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले थाहा खबरसँग बताए।

सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने विषयमा आज व्यवसायीको १ बजे बैठक बसेर निर्णय गरिने उनले बताए। सरकारले कस्तो सवारीसाधन सञ्चालन गर्न दिने त्यस विषयमा स्पष्ट जानकारीमा नआएको उनको भनाइ छ।

उनले थाहाखबरसँग कुरा गर्दै भने,' सरकारलाई लकडाउन खुकुलो गरेर निरन्तर रुपमा सवारीसाधन सञ्चालन गर्न पाउनुपर्छ भनेर माग गरेको थियौं।'

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण बन्द रहेका सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय सरकराले गरेको हो। कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दूरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन्।

उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन्।

अर्थ-सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका प्रवक्ता खतिवडाले एक पंक्तिको एक सिटमा एक जना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.