|

काठमाडौं :  सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई तत्काल किरिया खर्च बापत १ लाख उपलब्ध गराउने निर्णय गरेको छ। गम्भीर घाइतेको उपचारका लागि सोही बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

सामान्य घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्ने पनि निर्णय भएको बाह्रबीसे नगरपालिका​का मेयर निमफुन्जो शेर्पाले बताए। बाढीबाट विस्थापित बनेकाहरुलाई मध्य भोटेकोसी जलविद्युत आयोजनाको आवास गृहमा राखिएको छ।

हिजो बाढी पहिरोमा परी नगरपालिकाको जम्बु भन्ने ठाउँमा दुई जनाको मृत्यु भएको थियो भने १७ जना बेपत्ता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.