समाज

संखुवासभामा जताततै पहिरो, कारागार समेत उच्च जोखिममा

साउन १४, २०७७

    संखुवासभा : लगातारको वर्षापछि आएको पहिरोले संखुवासभाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। पहिरोले सदरमुकाम खाँदबारीमा रहेको कारागारको भवन पनि उच्च जोखिममा परेको छ। 

    कारागार प्रमुख विनोद अधिकारीका अनुसार भवनको माथिल्लो भाग र तल्लो भाग दुवैतिर पहिरोले तान्न थालेको छ। कारागारको तल्लो भागको चेक पोष्ट र खाना पकाउने मेस घर समेत जोखिममा परेको उनले बताए। मेस नजिकै र कारागारको तल्लो भाग बग्न थालेको छ।

    खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठामा सोमबार राति पहिरोले एक घर पुरिँदा शान्तिबहादुर खत्री गम्भीर घाइते भएका छन्। उनलाई स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याइएको वडाध्यक्ष दयानिधि बरालले बताए। लगातारको वर्षाले खाँदबारी–९ मा रहेको तुम्लिङटार बजार समेत डुबानमा परेको छ। तुम्लिङटार बजार क्षेत्रका माटो र ढुंगाले बनेका कच्चीघर भएका कारण घर भत्किएका छन्। पानीले विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र समसेर मगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डीएसपी नवराज मल्लले जानकारी  दिए। पहिरोले ढुंगेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी ३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

    भोटखोला जाने सडक अवरुद्ध 

    पहिरोका कारण सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड १५ दिनदेखि अवरुद्ध छ। उत्तर–दक्षिण सडक खण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए। 

    मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अबरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख श्रेष्ठले बताए। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]